प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने: सभापति बानियाँ
काठमाडाैं | साउन १६, २०७९
काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप लगाउनुभएको छ ।
सोमबार हेटौँडामा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै सभापति बानियाँले सङ्घीय व्यवस्था कमजोर बनाउने तत्व निर्वाचन प्रभावित बनाउन लागिपरेको बताउनुभयो ।
देशमा सङ्घीय व्यवस्था स्थायित्व हुने देखेपछि शासन व्यवस्थालाई कमजोर बनाउने देश भित्र र बाहिरका तत्व निर्वाचन समयमा हुन नदिन लागि परेको दाबी उहाँको छ ।
शासन व्यवस्था असफल बनाउन लाग्नेहरुलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने उहाँको भनाइ छ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन आगामी मङ्सिर पहिलो साता हुनुपर्ने भन्नुहुँदै उहाँले सरकारले यसबारेमा छिट्टै निर्णय गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमा निर्वाचन गरेर देशलाई स्थायित्व प्रदान गर्ने अवसर भएको भन्दै यो अवसरबाट नचुक्न आग्रह गर्नुभयो ।
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...
नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

